२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टर: टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने



अ+ अ-

काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् ।

यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि चलचित्र ‘एक्टर: टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । पोस्ट गर्दा यस चलचित्रका ह्यान्डलहरू फेसबुकमा aktornepalifilm, इन्स्टाग्राममा aktorthefilm र टिकटकमा aktornepalifilm लाई ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा #AKTORMAGH16 लेख्नुपर्ने जनाइएको छ ।

यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई चलचित्रको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि चलचित्र रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म रहने छ । यस कन्टेस्टको लागि ‘एक्टर: टेक वन’का कलाकार प्रदिप खड्काले विजेता घोषणा गर्नेछन् ।

हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको चलचित्र युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । हालसम्म ट्रेलरलाई पच्चीस लाख भन्दा धेरैले युट्युबमा हेरेका छन् भने नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।




भर्खरै