२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै



Guy Yifrach, mayor of Maale Adumim .
अ+ अ-

एजेन्सी । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुनर्नामकरण गर्ने घोषणा गरेका छन् ।

“ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो”, मेयर गाइ यिफ्राचले भन्नुभयो, “हामी ट्रम्पलाई विश्वास गर्छौं र उहाँले आगामी महिनामा यस क्षेत्रमा निर्माण कार्यलाई बढाउनु हुने विश्वास छ ।”

पहिले ई–१ वा मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको नगरपालिका सीमाभित्र पर्दछ र क्षेत्र सी अन्तर्गत छ । त्यहाँ इजरायलसँग प्रशासनिक र सुरक्षा अधिकार छ ।

आवास सङ्कटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजनाहरू बाइडन प्रशासन लगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् ।

मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गर्नुभयो र इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेम बीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गर्नुभयो ।

इजरायली–प्यालेस्टिनी सम्झौताअनुसार इजरायलले क्षेत्र सी वर्गीकृत क्षेत्रमा पूर्ण प्रशासनिक र सुरक्षा नियन्त्रण राख्दछ ।

ट्रम्पको नाममा पहिले पनि गोलन समुदाय राखिएको थियो । ट्रम्पले गोलन हाइट्समा इजरायली सार्वभौमिकता स्वीकार गरेपछि इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो ।

इजरायली नेताहरूले बाइडन प्रशासनद्वारा लगाइएका प्रतिबन्धहरू फिर्ता गर्ने कार्यादेशहरूको प्रशंसा गरेका छन् । तिनमा प्यालेस्टिनी विरुद्ध हिंसाको आरोपमा जुडिया र सामरियाका बासिन्दाहरूमाथिका प्रतिबन्धहरू, संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी युएनआरडब्लुए० लाई कोष बन्द गर्ने र अन्तर्राष्ट्रिय अपराध अदालतका पदाधिकारीहरूमाथि पुनः प्रतिबन्ध लगाउने समावेश छन् ।




भर्खरै