काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
नेकपा को आज अपरान्ह १ बजे सचिवालय बैठक पेरिसडांडामा बस्ने तय भएको थियो । केन्द्रीय सचिवालयको बैठक अब भोलि असोज ६ गते १२ः३० बजे मात्रै बालुवाटारमा बस्ने भएको छ ।
मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका छन् ।