९ माघ २०८१, बुधबार
,
Latest
रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन ! वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित



अ+ अ-

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यस वर्ष पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन्।

सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी; बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक; राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी; जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा कुमारी यादव; र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया रहेका छन्।

२५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण १० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए।

पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो। जसअन्तर्गत, शर्मिला सुवेदी “Integrity with Compassion,” बोधराज पाठक “Integrity with Innovation,” मनपुरण चौधरी “Integrity with Courage,” मीरा कुमारी यादव “Integrity with Dedication,” र मनहर कडरिया “Integrity with Action” टाइटलबाट सम्मानित भएका थिए।

“इन्केग्रिटी आइकन २०२४” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिँदै निर्वाचन आयोगका भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भन्नुभयो, “सार्वजनिक सेवामा रहेर असल आचरणलाई आत्मसाथ गरेर काम गर्दैगर्दा पनि प्रोत्साहन नमिल्न सक्छ , यसले काम गर्दा  निरास पनि बनाउन सक्छ , निष्ठा भनेकै जस्तो सुकै परिस्थितिमा पनि आत्मबल बढाएर काम गर्नु हो , आज सम्मान्नित हुनुभएका सबै जना इन्टेग्रिटी आईकनले यसलाई  चरितार्थ पार्नुभएको छ र यो देशलाई पनि यस्तै कर्मचारी चाहिएको छ l”