२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका नगर अस्पताललाई आवश्यक सहयोग हुन्छ : स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका छन्।

चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिएका हुन्।

भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरू आवश्यक रहेकाले उपलब्ध गराउन माग गरेका थिए। उनले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए।

नगरपालिकामा हाल १५ शय्याको अस्पताल सञ्चालनमा छ। नगर अस्पतालमा दैनिक तीन सयदेखि चार सयजना सेवाग्राहीले सेवा लिँदै आएका छन्। उक्त अस्तताल चेपाङ समुदायले सेवा लिने अस्पताल पनि हो।