२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाधिकृत फिजियोथेरापी सेवा रोक्न फिजियोथेरापी सङ्घको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा)ले अनधिकृत फिजियोथेरापी सेवा रोक्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष समिद कतिला श्रेष्ठले बिरामीको उपचार जस्तो संवेदनशील विषयमा हेलचेक्र्यायी दण्डनीय मात्र नभइ यसले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताए ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले घरमै स्वास्थ्यकर्मी पठाउने कम्पनी र केही स्वास्थ्य केन्द्रले फिजियोथेरापी सेवा प्रदान गर्ने क्रममा अनाधिकृत व्यक्तिबाट सेवा दिइरहेको सूचना सङ्घलाई प्राप्त भएको जनाएको छ । सङ्घका अनुसार अनधिकृत फिजियोथेरापी सेवाका गतिविधि नेपालका विभिन्न स्थानमा भइरहेको विषयमा धेरै उजुरीहरू प्राप्त भएका छन् ।

सङ्घले यस्ता गैरकानुनी गतिविधिलाई रोक्न आवश्यक सबै कदम चाल्ने र सम्बन्धित निकायलाई रिपोर्ट गर्ने प्रक्रिया अघि बढाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए।

सङ्घले यस्ता गतिविधिको जानकारी भएमा नगरपालिका वा स्थानीय निकायको स्वास्थ्य शाखामा, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, वा जिल्ला प्रशासन कार्यालयमा तुरून्तै जानकारी गराउन आग्रहसमेत गरेको छ ।