१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन



अ+ अ-

बागलुङ। पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मिर्गाैला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए । पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए ।

विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला उनी राज्यमन्त्री भएका थिए । एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्ष समेत भएका थिए । हाल उनी कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याईपुग्ने अध्यक्ष गौतमले बताए ।