२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति, विधि र पद्दतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन



अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी तुल्याइने बताए ।

‘२४औँ सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा एपिएफ हेडक्वार्टर हल्चोकमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए ।

महानिरीक्षक अर्यालले उच्च नैतिक चरित्रवान् भई व्यावसायिकता र असल आचरणको नमूना प्रस्तुत गर्न सकल दर्जालाई निर्देशन दिँदै आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई नभएको स्पष्ट परेका छन् । “सङ्गठनमा नीति, विधि र पद्दति छ, यसलाई सबैले मनन् गरी प्रणाली र पद्दतिलाई आत्मसाथ गरेर कर्तव्यपथमा लाग्नुपर्छ ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनका तर्फबाट पहिलो पटक २०८१ साल जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गरेका छन्। त्यसअवसरमा महानिरीक्षक अर्यालले नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरी ‘वर्ष जवान–२०८१’ घोषित नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारीलाई ‘वर्ष जवान’ को ट्याग प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले यसवर्ष सर्वोत्कृष्ट इकाई हुन सफल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङ्जा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ अवार्ड’ प्रदान गरेका छन्। सो अवसरमा उत्कृष्ट कार्य गरेबापत सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापा पुरस्कृत भएका छन् ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण र कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारी र परिवारजनको हकहितमा विभिन्न कल्याणकारी योजना घोषणा गरेका छन् । रासस