३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्ण विद्युतीकरण घोषणाको तयारीमा मधेस प्रदेश



अ+ अ-

सिरहा। नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुुख शम्भु कुसियतले प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको बताए।

आज सप्तरीको सुरूङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा ‘लक्ष्मीपुर–सुरूङ्गा फ्यृज सेवा तथा महसुल सङ्कलन काउण्टर’को उद्घाटन गर्दै प्रादेशिक प्रमुख कुसियतले यस्तो बताए ।

अहिले हामीले ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण गरिसकेका छौँ”, प्रादेशिक प्रमुख कुसियतले भन्नुभयो, “अब चाँडै नै प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गर्दै छौँ ।” उनका अनुसार प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको छ भने सिरहा जिल्लाको धनगढीमाई, मिर्चैया नगरपालिकालगायत केही क्षेत्रमा विस्तारको काम भइरहेकाले पूर्ण विद्युतीकरण घोषणा गर्न केही ढिला हुन गएको जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण बोदेबरसाईन वितरण केन्द्रका प्रमुख सन्योक विश्वकर्माले लक्ष्मीपुर–सुरूङ्गा फ्युज सेवा तथा महसुल सङ्कलन काउण्टर आजदेखि सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीलाई घर नजिकबाट सेवा प्राप्त गर्न सहज भएको बताए ।

सुरूङ्गा नगरपालिका–३ को वडा कार्यालयसँगै जोडिएको नवउद्घाटित फ्युज सेवा तथा विद्युत् महसुल सङ्कलन काउण्टर भवन नगरपालिकाले उपलब्ध गराएको हो । यस विद्युत् केन्द्रबाट १० हजार सेवाग्राही लाभान्वित हुने वडाध्यक्ष किरणकुमार पोखरेलले बताए । रासस