२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन खुकुलो भएसंगै संवैधानिक इजलास पनि सुचारु गर्ने तयारीमा सर्वोच्च



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा रहेका रिट निवेदन तथा मुद्दाको पनि सुनुवाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै रोकिएको संवैधानिक इजलास अब सुचारु गर्ने सर्वोच्चले उल्लेख गरेको छ । सर्वोच्चका उपसचिव देवेन्द्र ढकालले दिएको जानकारीअनुसार अब संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरिएको हो । सर्वोच्च अदालतमा गत चैत १० गतेदेखि सामान्यरुपमा सुनुवाइ हुन सकेको छैन । अब निषेधाज्ञा खोलेसँगै सर्वोच्चसँगै अन्य अदालतमा पनि सुनुवाइ गर्ने क्रम सामान्यतर्फ गएको छ । सर्वोच्च अदालतले सोमबार सूचना जारी गरी अव संवैधानिक इजलासमा पनि सुुनुवाइ हुने जानकारी गराएको हो । तर, सर्वोच्चले कुन मितिदेखि सुनुवाइ हुने भनी स्पष्ट गरेको छैन । यसअघि सर्वोच्चमा बुधबार र शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ गरिन्थ्यो ।

सर्वोच्चबाट थाहा भएअनुसार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ मात्र गरिने भएको छ । संवैधानिक इजलासमा पूर्ण सुनुवाइ भने हाल नगरिने भएको छ । संवैधानिक इजलासमा हाल उल्लेख्य संख्यामा रिट निवेदन तथा मुद्दाहरू विचाराधीन अवस्थामा छन् । कुनै कानुन संविधानसँग बाझिएमा, संघ र प्रदेश, प्रदेश र प्रदेश, संघ र स्थानीय तह, प्रदेश र स्थानीय तह बीच अधिकारलाई लिएर विवाद उत्पन्न भएमा त्यस्तो विवादको छिनोफानो संवैधानिक इजलासबाट हुने प्रावधान छ । तर संवैधानिक इजलासले अपेक्षाकृत मुद्दाको कारबाही र किनारा गर्न नसकेको भनी आलोचना हुने गरेको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले संवैधानिक इजलासले आफ्नो कार्य त्यति प्रभावकारीरुपमा सम्पादन गर्न नसकेको उल्लेख गर्दै त्यसले गर्दा जनतामा निरासा छाएको बताए।

यसका अतिरिक्त थुनुवा भएको मुद्दाको प्राथमिकता साथ पेशी चढाई सुनुवाइ गरिने पनि सर्वोच्चले उल्लेख गरेको छ । यसै गरी निर्णय सुनाउन बाकी रहेका हेर्दा हेर्दैमा रहेको मुद्दाका पक्ष उपस्थित भएमा त्यस्ता मुद्दाको पनि पेशीमा चढाइ सुनुवाइ गर्ने निर्णय भएको उपसचिव ढकालले जानकारी दिए ।

सर्वोच्चले पुनरावलोकनको निवेदनलाई पनि पेशीमा चढाई सुनुवाइ गर्ने भएको छ । यसअघि सर्वोच्चमा केकस्तो मुद्दाको सुनुवाइ गर्ने भनी सर्वोच्च अदालतमा न्यायाधीशहरू, नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा पदाधिकारीहरूसँग छलफल भएको थियो । नेपाल समाचारपत्र दैनिक