७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र खानेपानी आयोजनाको काम पुन:सञ्चालन



अ+ अ-

सिरहा । लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको मखानेपानी आयोजनाको काम पुन:सञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।

अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट रु ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका–१६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए”, नगरप्रमुख चौधरीले भन्नुभयो, “खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ । अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ ।”

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ ।

यसअघि दुई वटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियोे । नजिकै पोखरी हुँदा सुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भई आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिलेकोभन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ ।

लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाउनुभएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो । नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस