२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनसिल्क भाइब्स सिजन ४ का विजेताको घोषणा



अ+ अ-

काठमाडौँ। युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको ३ वर्षको लगातार सफलतापछि सनसिल्कले सनसिल्क भाइब्स सिजन ४ का विजेताको घोषणा गरेको छ ।

विजेता हुनेहरूमा आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर रहेका छन् । उनीहरूले १००,००० रुपैयाँ प्राप्त गरेका छन् । युनिलिभरको ब्रान्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लागेको थियो ।

प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका छन्, जसले आत्मविश्वास, सौन्दर्य र आत्मअभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टर हुड बनाउन मद्दत गर्ने अपेक्षा छ ।

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेट फर्महरूमा २२.९ मिलियन भ्यूजहरू प्राप्त गर्दै नयाँ उचाइ लिएको छ । यसले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ ।

यस वर्ष नेपालभरका सहभागीले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा शेयर गरे, जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो, जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत गरेको जनाइएको छ ।