२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ महिला विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित



अ+ अ-

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

बांगीस्थित युएसडी–युकेएम ओभलमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । यससँगै, नेपालले सुपर सिक्समा खेल्ने अवसर गुमाएको छ । नेपाल अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय लक्ष्य पाएको स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

अब नेपालले समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ ।