७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमको नियुक्ति बिरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको ब्यक्तिलाई राष्ट्रियशभामा मनोनित गर्नु गैर संबैधानिक भएको भन्दै दायर भएको रिट माथी सर्बोच्च अदालतमा आज सुनुवाई हुदैछ । वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले सोमबार दायर गरेको रिट माथी आज सुनुवाई हुन लागेको हो ।

सरकारले  नेकपाका उपाध्यक्ष  बामदेब गौतमलाई राष्ट्रपति बाट मनोनित हुने एक पदमा मनोनित गरेपछि अदालतमा रिट परेको थियो । गौतमलाई राष्ट्रिय सभामा लगेर जनताको अभिमतको अपमान गरिएको भन्दै त्रिपाठीले सोमबार रिट दायर  गरेको न्यूज पोलारलाई जानकारी दिए ।

यसै गरी प्रतिनिधीशभामा पराजीत ब्यक्तिलाई राष्ट्रियशभामा मनोनित गरी मन्त्री नबनाउन माग गर्दे अर्को रिट पनि अदालतमा दर्ता भएको छ ।