७ माघ २०८१, सोमबार
,
Latest
खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते दस जनालाई ‘नइ पुरस्कार’ कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन सिङ्गो बस्ती नै शौचालयविहीन डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर) खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न



अ+ अ-

मान्म, (कालीकोट) । यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् ।

विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बीनाकुमारी शाहीले जानकारी दिनुभयो ।

“सङ्घीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहुप्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।”

विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताउनुभयो ।

विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । “वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ प्राविधिक शिक्षाको सुरुआत गरिएको थियो,” उहाँले भन्नुभयो, “बहुप्राविधिक शिक्षालय र आवास निर्माण भएको छ । त्यसले यही विद्यालयमा बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको छ ।” रासस