१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’



अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आमकिसानको समस्या सम्बोधन गर्ने बताएका छन्।

किसान आयोगको अठौ स्थापना दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा उहाँले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए ।

अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ । त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ । यसमा सुधारका मन्त्रालयले काम गरिरहेको छ।

उनले हरेक नागरिकले आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प गर्नुपर्ने र यसका लागि तीनै तहका सरकारको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । “कृषि उपजको उत्पादन बढाउने सबैतिरबाट प्रयास भइरहेको छ तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन”,मन्त्री अधिकारीले भने अब विषादी न्यूनीकरण गर्नेतर्फ सबैले प्रयास गरौँ । आफ्नै उत्पादन उपभोग गर्ने सङ्कल्प गरौँ ।”