२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथ लिनुअघि ट्रम्पले ल्याए आफ्नै क्रिप्टोकरेन्सी



अ+ अ-

एजेन्सी। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी लन्च गरेका छन्।

जसको बजार पुँजी द्रुत गतिमा बढेर केही अर्ब डलर पुगेको छ । ट्रम्पले सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । यसअघि उनले आफ्नो नाममा मेम कोइन लन्च गरेका हुन् ।

यो क्रिप्टोकरेन्सीलाई ‘डलरट्रम्प’ नाम दिइएको छ, जुन ट्रम्पको सहयोगी कम्पनी सीआईसी डिजिटल एलएलसीले ल्याएको हो । यो कम्पनीले यसअघि ट्रम्पको नाममा ब्राण्डेड जुत्ता र अत्तर बेच्ने गरेको थियो ।

मेम कोइन वा क्रिप्टोकरेन्सी कुनै पनि भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउन प्रयोग गरिन्छ । CoinMarketCap.com नामक वेबसाइटकाअनुसार डलरट्रम्पको सुरुवात भएको केही घण्टापछि शनिबार दिउँसोसम्म यसको बजार मूल्य ५.५ विलियन डलर पुगेको छ ।

मीम क्वाइन या क्रिप्टोकरेन्सीको प्रयोग कुनै प्रकारको भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउनका लागि प्रयोग गरिन्छ। यद्दपि यसको मूल्य निकै कम भएको र यो निकै अस्थिरसमेत रहेको बताइएको छ।