२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले बिरोध जनाएका छन् ।

आईतवार नेपाल बार एशोसिएशनको परिसरमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका हुन् ।

सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा बारका सदस्यहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाए । काठमाडौं जिल्ला अदालमा सहकारी ठगी प्रकरणबारे बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो । सोही विषयमा कानून व्यवसायीहरुले कानून व्यवसायीहरुको सुरक्षाको सुनिश्चितता प्रत्याभुति गर्न दबाब स्वरुप बिरोध गरेका हुन् ।

बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुद्दाको बहस सकेर फर्किने क्रममा अदालत परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमण हुनुले कानून व्यवसायी असुरक्षित रहेको प्रमाणित भएको र कानूनी दायरा फराकिलो बनाउनुपर्ने माग गर्नुभयो । लोकतन्त्रमा पेशा, व्यवसाय गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताउनु भयो । उसमा अदालत पनि गम्भीर हुनुपर्ने बताउनु भयो । वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भएको कुटपिट निन्दनीय रहेको बताउनु भयो । राजनीतिक दलका कार्यकर्ता र राजनीतिक दलले पनि गम्भीर रुपले लिनुपर्ने बताउनु भयो । जमात मिलेर न्यायलाई दुत्कार्ने कोशिस न्याय प्राप्तिको लागि हिँडिरहेका कुनैपनि पक्षको लागि उचित नहुने बताउनु भयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्तव्यपालनको सिलसिलामा कानून व्यवसायीमाथि आक्रमण हुनु भनेको समग्र न्यायिक प्रक्रियामाथिको आक्रमण भएको बताउनु भयो । न्यायको पवित्रतामाथिको आक्रमण गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।

कानून व्यवसायीहरुले वकालत गरेबापत हुने हमला भनेको न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भएको बताए । यस्ता किसिमका गतिविधिहरु गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताए । त्रिपाठीमाथिको हातपात सिंगो कानून व्यवसायीहरुमाथिको हातपात भएको बताए ।