६ माघ २०८१, आईतवार
,
Latest
युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी सदस्य वामदेवबाट छुट्टिए, माओवादीसँग एकताको लागि समिति गठन फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ हुने युद्धविराम सुरुः हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक लिम्यिाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’ प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो आत्मविश्वासको कमीले असफलताको डर बढ्छ वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी



अ+ अ-

बेलबारी । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताउनुभयो । असी वर्षीय उहाँले भन्नुभयो, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री ९धुनिया० बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।”

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताउनुभयो । “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उहाँले भन्नुभयो ।

तीनदेखि पाँच जनाको समूहमा उहाँहरूले काम गर्नुहुन्छ । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उहाँहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिनुभयो । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उहाँले बताउनुभयो ।