८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ। इरानलाई पराजित गर्दै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो ।

नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

यसअघि  नेपालको महिला टोलीले पनि  युगाण्डालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ । सेमिफाइलनमा महिला टोलीले युगान्डालाई ८९-१८ अंकले पराजित गरेको हो ।

 नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो ।