११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सम्पादक समाज सम्मान’ घिमिरेलाई



अ+ अ-

काठमाडौँ: सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ ।

समाजद्वारा आज नुवाकोटको शिवपुरी–७ सूर्यचौर आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८१’ पर्वतको महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो दिदी बहिनी ९५.२ मेगाहर्जलाई प्रदान गरिएको हो ।

‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कार जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहनुभएका राजधानी दैनिकका बझाङ संवाददाता डिवी विष्ट र ‘योसमय’ अनलाइन न्यूज पोटरका सम्पादक धु्रव रावललाई प्रदान गरिएको आयोजकले जनाएको छ । ती पुरस्कारको राशि क्रमशः रु २५ हजार र रु १५÷१५ हजारसहित प्रमाणपत्र रहेको छ ।

समाजलाई लामो समय अभिभावकत्व प्रदान गर्नुभएकामा संस्थापक अध्यक्ष वियोगीकी धर्मपत्नी ९० वर्षीया कृष्णवदन वैद्यलाई अभिनन्दन गरिएको थियो ।

समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्यामकाजी डोटेल, संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाल र सदस्य नारायण उपाध्यायले आफ्नो संस्थाले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र र पुस्तकालय स्थापना गरेकाले पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहरा, संविधानसभा  सदस्य खिमलाल देवकोटा, नेपाली कांग्रेसका नेता नरोत्तम वैद्य र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियालगायत व्यक्तिले मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या समाधान गर्न, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस