४ आश्विन २०८१, शुक्रबार
,
Latest
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्नेछ : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

मन्त्री गुरुङले कोभिड–१९ को महामारीबाट अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समूदाय बढि मारमा परिरहेका उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गर्नु भयो । 

४१ औं सामाजिक सेवा दिवसको अवसर पारेर ‘अपाङ्गता भएका महिलाहरुको महासंघ– नेपाल’ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासंघ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघ, संस्थाहरुसँग सहकार्यका साथ काम गरिरहेको पनि बताउनु भयो । ‘सामाजिक संघ, संस्था परिचालन गरेर पनि अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।’ 

उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौति हुन नदिने दृढता व्यक्त गर्नु भयो । त्यसका लागि गृह मन्त्रालयलाई आवश्यक्ता अनुसार ध्यानाकर्षण गराउने काम भइरहेको मन्त्री गुरुङले स्मरण गराउनु भयो । 

कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गर्नु भएको थियो । त्यस अवसरमा उहाँले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।