१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा गाजामा युद्धविराम र बन्धकको रिहाइ सम्झौताकाे स्वागत



अ+ अ-

काठमाडौं। नेपाल सरकारले मध्यपूर्वमा अक्टोबर ७, २०२३ देखि भइरहेको घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।

सरकारले गाजामा बन्धकको रिहाइ र युद्धविरामको लागि भएको पछिल्लो सम्झौताकाे स्वागत गर्दै यसलाई दीर्घकालीन शान्ति र स्थिरताको मार्गतर्फ ठोस कदम हुने आशा व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा गाजाका जनताका लागि मानवीय सहायता अवरुद्ध नभई सुनिश्चित गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।

नेपाल सरकारले आफ्ना नागरिक बिपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । नेपालले वार्तामा संलग्न सबै पक्षको प्रयासप्रति आभार व्यक्त गरेको छ।