१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

देशभक्तिको भावनामा रचिएको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । उक्त भिडियोको निर्देशन वासु दुलालले गरेका हुन्  भने गीतमा गायिका तारा दुलाल र परेश राईले स्वर रहेको छ।

सामाजिक परिवर्तन, आर्थिक विकासका विषय समेटिएको गीतमा सङ्गीत तोरेम्पा हाङ र सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् । बढ्दो महँगी, बेरोजगारी अन्त्य गर्न सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको गीतमा पार्टीको दशौँ महाधिवेशनका दृष्य समावेश गरिएका छन् ।

उक्त म्युजिक भिडियोको रेकर्डिङ किंङ् रेकर्डिङ स्टुडियो काठमाडौँमा गरिएको हो । नेता खनालले समाजवादी अर्थ व्यवस्थाका लागि आवश्यक वातावरण बनाउन साहित्य सृजना गरेकाले गीतमा प्रगतिशील शब्दहरू चयन गरिएको बताए ।

गीत सबै दर्शक र श्रोताको निम्ति महत्वपूर्ण हुने बताउँदै उनले हामी सबैको बाटो समाजवाद हो भन्ने मूल उद्देश्यका साथ यो गीत रचना गरेको उल्लेख गरेका छन् । यसअघि उहाँका केही पुस्तक र गीत पनि प्रकाशन भएका छन् ।

भिडियो हेर्नुहोस: