८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अली खानको स्वास्थ्यमा क्रमिक सुधार



अ+ अ-

काठमाडौं। घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक सैफ अलि खान स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार बिहानै चक्कु प्रहारबाट घाइते भएका सैफको स्वास्थ्य अवस्थामा सुधार आएको मुम्बईस्थित लीलावती अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर नितिन डांगीका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

उनको स्वास्थ्यमा पहिले भन्दा सुधार आएको पनि उनको भनाइ छ । उपचारका संलग्न चिकित्सकहरूका अनुसार अहिले सामान्य हिँडडुल गर्न सक्ने भएका छन् उनी । यद्यपि उनलाई धेरै हिँडडुल गर्न भने दिइएको छैन ।

चक्कु आक्रमणबाट उनको कुम, हात र टाउकोमा गरी ६ वटा चोट लागेको छ । लीलावत अस्पतालका अनुसार सैफको गर्धन नजिकको मेरुदण्ड हड्डीबाट चक्कुको एक टुक्रा सल्यक्रिया गरि निकालिएको छ । यो सहित उनको दुवै हातमा गहिरो चोट छ ।

जसमध्ये २ वटा गम्भीर चोट रहेको चिकित्सकले बताएका छन् । कम्मर र घाँटीनेर अपरेसन भइसकेको पनि अस्पतालले जनारएको छ । यद्यपि उनी नै आक्रमणकारी हुन् वा होइनन् भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीलाई पक्राउ गर्न प्रहरीको २० टिम सक्रिय रहेको छ । बिहीबार बिहान साढे २ बजेतिर एक अज्ञात व्यक्ति सैफकफ फ्ल्याटमा छिरेर चक्कु हानेका थिए ।