१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अली खानको स्वास्थ्यमा क्रमिक सुधार



अ+ अ-

काठमाडौं। घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक सैफ अलि खान स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार बिहानै चक्कु प्रहारबाट घाइते भएका सैफको स्वास्थ्य अवस्थामा सुधार आएको मुम्बईस्थित लीलावती अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर नितिन डांगीका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

उनको स्वास्थ्यमा पहिले भन्दा सुधार आएको पनि उनको भनाइ छ । उपचारका संलग्न चिकित्सकहरूका अनुसार अहिले सामान्य हिँडडुल गर्न सक्ने भएका छन् उनी । यद्यपि उनलाई धेरै हिँडडुल गर्न भने दिइएको छैन ।

चक्कु आक्रमणबाट उनको कुम, हात र टाउकोमा गरी ६ वटा चोट लागेको छ । लीलावत अस्पतालका अनुसार सैफको गर्धन नजिकको मेरुदण्ड हड्डीबाट चक्कुको एक टुक्रा सल्यक्रिया गरि निकालिएको छ । यो सहित उनको दुवै हातमा गहिरो चोट छ ।

जसमध्ये २ वटा गम्भीर चोट रहेको चिकित्सकले बताएका छन् । कम्मर र घाँटीनेर अपरेसन भइसकेको पनि अस्पतालले जनारएको छ । यद्यपि उनी नै आक्रमणकारी हुन् वा होइनन् भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीलाई पक्राउ गर्न प्रहरीको २० टिम सक्रिय रहेको छ । बिहीबार बिहान साढे २ बजेतिर एक अज्ञात व्यक्ति सैफकफ फ्ल्याटमा छिरेर चक्कु हानेका थिए ।