२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणीमा पानीको बहाव बढ्यो, नारायणगढ-मुग्लिन सडकमा पहिरो



अ+ अ-

चितवन । लगातारको वर्षाले चितवनको जनजीवन प्रभावित भएको छ । बाढीले नारायणी नदी  उर्लिएको छ । राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकमा बुधबार बिहानैदेखि गएको पहिरो दिउँसोदेखि थपिँदै गएको छ । पहिरो खसिरहेकाले बुधबार रातिदेखि यातायात ठप्प रहेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पानी पर्न नरोकिँदासम्म सो सडक हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बुधबार राति सवा नौ बजेदेखि नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । इच्छाकामना गाउँपालिका–६ चार किलोमा बुधबार बिहानैदेखि पहिरो झर्न सुरु भएको थियो । दिउँसो चार बजेपछि बाटो ठप्प भएको थियो ।

साँझ सात बजेपछि एकतर्फी गाडी चले पनि पहिरो थपिएपछि राति सवा नौ बजेबाट बाटो पूर्ण रुपमा बन्द भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरोको समस्या थपिने आकलन गर्दै चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटो पूर्ण रुपमा खुलेको जानकारी नआउँदासम्म सो सडक हुँदै यात्रा नगर्न अनुरोध गरेको छ ।

नारायणी नदीको बाढीले देवघाट नजिक सतर्कताको तह पार गरेको छ । बाढी खतराको तहतर्फ बढेको हुँदा सजग रहन भन्दै जल तथा मौसम विज्ञान विभागले बिहानैदेखि सन्देश प्रवाह गरी रहेको छ । बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको विभागले जनाएको छ । नारायणी नदीको तटीय क्षेत्रमा दिनभरजसो सजग रहन विभागको अपिल छ ।

नारायणी नदीमा बाढी बढ्दै गए चितवनतर्फ मंगलपुर, गुञ्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । कान्तिपुर दैनिक