२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ ।

मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बढुनालीलकण्ठमा राखेको मन्त्रीसहितको संसदीय दल कार्यसमितिको  बैठकमा खड्काले आफूमाथि हातपात भएको र सुरक्षाकर्मी समयमै नपुगेको गुनासो गरेका थिए।

‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्‍याङमै ममाथि एक व्यक्तिले हातपात प्रयास गरे,’ बैठकमा गृहमन्त्री रमेश लेखकलाई सुनाएका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’  घटना हाे, पुस २६ गते शुक्रबारको ।

गृहमन्त्री लेखकले भने समयमा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए। ‘मलाई समयमै किन भन्नुभएन त?’ लेखकको जवाफ उधृत गर्दै एक मन्त्रीले नेपालखबरसँग भने, ‘अब यस्ता घटना दोहोरिन दिइने छैन।’