१६ माघ २०८१, बुधबार
January 29, 2025 Wednesday
Latest
ट्रम्पलाई झड्का : सहयोग रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली  : अध्यक्ष दाहाल समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि  प्रेरणा :  उपराष्ट्रपति सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो परिवर्तनका लागि आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै पूर्वराजा ज्ञानेन्द्रद्वारा आज कपिलवस्तुको तौलेश्वरनाथ महादेवको दर्शन र पूजापाठ इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो



अ+ अ-

वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा रु तीन अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन ग¥यो । त्यस्तै भदौ महिनामा रु चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु तीन अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो । रासस