२८ असार २०८३, आईतवार
,
Latest
६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह वनफूलले सिँगारिएको ढोरपाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक, दुई अलग चरित्रमा पल



अ+ अ-

काठमाडौँ । फिल्म ‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा दुई पुरुष छन् । एकजना राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन् भने उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति ‘न्युड’ अवस्थामा छन् ।

यी दुवै चरित्रमा देखिएका अभिनेता पल शाह हुन् । पोस्टरमा देखिएका उनको क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ ।

फिल्म आगामी वर्ष २०८२ सालको फूलपातीमा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ ।

चलचित्रबारे जानकारी दिँदै पलले फेसबूकमा लेखेका छन्, ‘आजको दिन मेरो लागि विशेष छ । म मेरो एघारौं चलचित्र महाराजधिराजको पहिलो झलक सार्वजनिक गर्दैछु ।’