१ माघ २०८१, मंगलवार
,
Latest
लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता काठमाडौँ महानगरपालिकामा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर -फोटो फिचर ‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’ मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता प्रधानमन्त्री कप महिला क्रिकेट: उद्घाटन खेलमा सुदूरपश्चिम विजयी गैँडाको आक्रमणबाट एक जनाको मृत्यु एचएमपिभी भाइरस र हाम्रो अवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।

माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्नुभएको छ ।

“यो पर्व किसानहरूले नयाँ कृषि ‘सिजन’को सुरुआतका रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको र यसले सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना बलियो बनाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ, “यस पर्वले विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु ।”