७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काईवाक टावरमा दसौं योग दिवस- फोटो फिचर



अ+ अ-

काठमाडौँ: दसौं राष्ट्रिय योग दिवसका अवसरमा आज योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै काठमाडौँको कमलादिस्थित ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको छ ।

स्काईवाक, अष्टाङ्ग योग, योग भुमी, बिश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा आज उक्त स्काइ टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा दसौं राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो ।

उक्त अवसरमा अष्टाङ्ग योग, कृतीपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भुमीका गरी करिब एक सय ५० जनाहरुको सहभागितामा स्काईवाकमा योगाभ्यास गरिएको ‘स्काईवाक टावर’का प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दसौं राष्ट्रिय योग दिवसका अवसरमा हामीले टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्यक हप्तामा यहाँ योगाभ्यासको आयोजनालाई निरन्तरता दिइने छ ।”

साहसिक योगाभ्यासको विकास गर्ने उदेश्यले आज ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको आयोजकले जनाएको छ । योग शिक्षालाई सबैतहमा अझ फराकिलो बनाउदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई आफुहरुले प्राथमिकतामा राखेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

योगका आयामलाई सन्तुलित रुपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले प्रेरणा दिने बिश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले बताउनुभयो । आफैलाई आफैले बुझ्ने परम साधनको रुपमा योग साधनलाई बुझ्नुपर्ने उहाँको भनाई थियो ।

आजको योगाभ्यासमा एकसय आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजे सम्म सुरु भएको उक्त योगाभ्यासमा महिला पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो ।