२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काईवाक टावरमा दसौं योग दिवस- फोटो फिचर



अ+ अ-

काठमाडौँ: दसौं राष्ट्रिय योग दिवसका अवसरमा आज योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै काठमाडौँको कमलादिस्थित ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको छ ।

स्काईवाक, अष्टाङ्ग योग, योग भुमी, बिश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा आज उक्त स्काइ टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा दसौं राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो ।

उक्त अवसरमा अष्टाङ्ग योग, कृतीपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भुमीका गरी करिब एक सय ५० जनाहरुको सहभागितामा स्काईवाकमा योगाभ्यास गरिएको ‘स्काईवाक टावर’का प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दसौं राष्ट्रिय योग दिवसका अवसरमा हामीले टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्यक हप्तामा यहाँ योगाभ्यासको आयोजनालाई निरन्तरता दिइने छ ।”

साहसिक योगाभ्यासको विकास गर्ने उदेश्यले आज ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको आयोजकले जनाएको छ । योग शिक्षालाई सबैतहमा अझ फराकिलो बनाउदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई आफुहरुले प्राथमिकतामा राखेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

योगका आयामलाई सन्तुलित रुपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले प्रेरणा दिने बिश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले बताउनुभयो । आफैलाई आफैले बुझ्ने परम साधनको रुपमा योग साधनलाई बुझ्नुपर्ने उहाँको भनाई थियो ।

आजको योगाभ्यासमा एकसय आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजे सम्म सुरु भएको उक्त योगाभ्यासमा महिला पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो ।