२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री दिव्या रायमाझीले आफ्नो यो दोस्रो चलचित्र भएको र काम गर्दा धेरै नै खुशीको महशुस गरेको बताउनु भयो ।

उहाँले चलचित्र धेरै नै राम्रो बनेको बताउनु भयो । कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा नै धेरै राम्रो रहेको र काम गर्दा पनि त्यत्तिकै राम्रो महशुस गरेको बताउनु भयो ।

अभिनेता प्रदीप खड्काले चलचित्र सोचेको भन्दा धेरै नै राम्रो रहेको दाबी गर्नुभयो । कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुनेछ ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय रहेको छ । सुमन गौतम कार्यकारी निर्माता रहनुभएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नुभएको हो ।

चलचित्रको पटकथा प्रदीप भारद्वाजले लेख्नुभएको हो भने केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।