११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
अ अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ । यसले मित्र राष्ट्रहरूलाई बिक्री सहज बनाउने र चीन जस्ता देशहरूको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ ।

बन्द एआई मोडेलहरूका लागि तौलका नियमहरू पनि समावेश भएका प्रतिबन्धहरू सन् २०२३ मा चीनमा केही एआई चिपहरू निर्यात गर्ने सम्बन्धमा घोषणा गरिएका प्रतिबन्धहरूमा आधारित छन् । अमेरिकाले चीनलाई उन्नत अर्धचालक ९सेमीकन्डक्टर० हरूकोे क्षेत्रमा रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्दछ ।

“अमेरिकाले अहिले एआई विकास र एआई चिप डिजाइन दुवैमा विश्वको नेतृत्व गरिरहेको छ र हामीले यसलाई यसरी नै राख्नु महत्त्वपूर्ण छ”, वाणिज्यमन्त्री जिना राइमोन्डोले पत्रकारहरूलाई भन्नुभयो ।

नयाँ नियमहरूले चिपहरूमाथिको नियन्त्रणलाई अद्यावधिक गर्दै निर्यात, पुनःनिर्यात र देशभित्रको स्थानान्तरणका लागि अधिकृत स्वीकृति आवश्यक पर्ने व्यवस्था गरेको छ । साथै अमेरिकाको मित्र मानिएका देशहरूका लागि विभिन्न छुटहरू पनि समावेश गरेको छ ।

यसैबीच एआई डाटा सेन्टरहरूले चिपहरू आयात गर्न सक्षम हुन बढाइएका सुरक्षा मापदण्डहरूको पालना गर्न आवश्यक छ ।

“यी नियमले हाम्रा रणनीतिक प्रतिस्पर्धीहरूलाई तस्करी र दूर पहुँचको माध्यमबाट हाम्रो निर्यात नियन्त्रण छल्न कठिन बनाउँछ”, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भन्नुभयो, “साथै विश्वभरका हाम्रा साथी र साझेदारहरूलाई उन्नत एआईका लागि विश्वसनीय विक्रेताहरू प्रयोग गर्न प्रोत्साहन सिर्जना गर्छ ।”

राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको आगामी प्रशासनलाई सम्भावित परिवर्तनहरू गर्न समय दिँदै राइमोन्डोले नयाँ नियमहरू १२० दिनमा लागु हुने जानकारी दिनुभयो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमाथि भारी भन्सार महसुल लगाउनुभएको थियो । यद्यपि सिलिकन भ्यालीमा उहाँका समर्थकहरूले यी नियमलाई आफ्ना उत्पादनहरू निर्यात गर्ने क्षमतामा अनावश्यक बोझको रूपमा पनि हेर्न सक्छन् ।