५ फाल्गुन २०८१, सोमबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले सरकारले उदाशिनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुन बताउनु भयो । उहाँले सडक संरचना बचाउन र दुर्घटना न्युनिकरण गरी सर्वसाधरणको जीवन रक्षा गर्न,उपभोक्ताहरुलाई सर्व सुलभ सेवा प्रदान गर्न र ट्रकको क्षेत्रमा भएको खर्बौंको लगानी सुरक्षित गर्न माग गर्नुभयो । उहाँकाअनुसार महासंघले भारतीय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने, मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धि कार्यबिधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै नेपाल प्रवेश गर्ने भारतिय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल वस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन, नेपालका जिर्ण पुल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिन्ह राखिनुपर्ने माग समेत गरेको छ । महासंघले ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भारवहन गरेका छन् वा छैनन् भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाँच गरिनुपर्ने माग गरेको छ । साथै अधिक भारवहन गरेको पाइए जरिवानासहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने माग राखेको छ ।

पुस २६ गते भारतीय मालवाहक एन.एल.०१ ए एच ५१६१ नम्बरको सवारी साधनले अत्याधिक भारवहन गरी सञ्चालन भएकाले दुम्किवासमा रहेको विनय खोलाको पुल भाँचिएको थियो । जसबाट सवारी साधन सञ्चालनमा समेत बाधा पुगेको थियो ।