१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमाथि साइबर आक्रमण सुरु भएको छ: माधव ढुङ्गेल



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुङ्गेलले अहिले एमाले माथि साइबर आक्रमण सुरु भएको बताउनुभएको छ ।

नेकपा एमाले सिन्धुलीको जनसंगठन संयन्त्रद्वारा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै ढुङ्गेलले पार्टीमाथि भइरहेको साइबर हमलाको पार्टी कार्यकर्ताले प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीमाथिको साइबर हमला विरुद्ध पार्टीका सबै नेता कार्यकर्ताहरू सक्रिय हुन आग्रह गर्नु भयो ।

ढुङ्गेलले पार्टी निर्माणका लागि टोल टोलमा पुग्न आवश्यक रहेको पनि बताउनुभयो । पार्टीको भविष्यका लागि नयाँ पुस्तालाई जोड्न र त्यसका लागि दर्शनशास्त्र बुझाउन आवश्यक रहेको ढुङ्गेलको धारणा छ । उहाँले नयाँ पुस्तालाई मार्क्सवाद सिकाउन जरुरी रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य कमलजङ्ग राईको उपस्थितिमा भएको कार्यक्रम जनसंगठन संयन्त्र प्रमुख एवं जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको थियो ।