१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा

चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पार्नुभएको छ ।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै उहाँले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताउनु भयो । उहाँले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको बताउनु भयो । उहाँले चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेको छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) डेथ सर्विसिङमा छ । हामी कुनैपनि प्रकारको ऋण दिने अवस्थामा छैनौं । त्यसकारण हामीले तपाईसँग एड र ग्रान्ट मात्र अपेक्षा गरेका छौं भनेर निर्लज्जका साथ प्रश्तुती गरेकी छु । जे हो त्यो त भन्ने पर्यो नि । अहिले हामीले जतिपरि परियोजना यसमा हालेका छौं त्यो सबै एड फाइनान्सिङमै आउँछ । चीन सरकारले पनि के भन्नभुभएको छ भने जतिपनि परियोजना हामीले दिने भनेका छौं त्यही अन्तर्गत आउँछ ।’

बैठकमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हो । बैठकमा चीन भ्रमणका उपलब्धीहरु सार्वजनिक गर्दै मन्त्री राणाले छलफल विभिन्न महत्वपूर्ण सम्झौता भएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान लगायतका विषयमा सम्झौता भएको छ ।