१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानीे विश्वमै कमजोर हुनुमा दोषि को हो ?

परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानीे विश्वमै कमजोर हुनुमा दोषि को हो ?
अ अ+ अ-

काठमाडौँ । नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरुले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले नेपाली राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठेको बताउनुभएको हो ।

बैठकमा नेकपा (एमाले)की सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरुमा नेपाली राहदानीको ¥याङ्किङ दिनानुदिन घटिरहेको बताउनु भयो । उहाँले नेपालको राहदानीको पोजिसन कमजोरस्थितिमा रहेको उल्लेख गर्दै यसको सुधारका सरकारको ध्यान गएको छ कि छैन भन्दै पश्न समेत गर्नुभयो । उहाँले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जवाफ माग गर्नुभयो । उहाँले फ्रि भिसाको व्यवस्था कम मात्र नेपाली नागरिक जाने देशसँग मात्र रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पारिश्रमिकबारे मापदण्ड बनाउनुपर्ने बताउनु भयो । वैदेशिक रोजगारीमा जाने श्रमिकको पारिश्रमिकबारे मापदण्ड नहुँदा नेपाली श्रमिकहरु विभिन्न समस्यहरु समाधान गरिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘हामीले विभिन्न रिपोर्टहरु हेरिरहेका छौं । त्यसमा हाम्रो पासपोर्टको ¥याङ्किङ दिनानुदिन घटिरहेको पाइरहेका छौं । हाम्रो राजदानी कमजोर पोजिसनमा छ । यसलाई हामीले डिप्लोमेटिकली नेगोसिएसन या पहलकदमी गर्न सकिन्छ कि सकिँदैन ? मन्त्रीज्युले यस विषयमा ध्यान दिनुभएको छ कि छैन?अर्को कुरा हामीले केही देशको भिसा फ्रि पाउने र त्यो अनअराएबल हुने व्यवस्था अहिले पनि केही देशहरुमा छ । त्यसमा हामीले अलि बढी आवतजात हुने सिंगापुर बाहेक त्यस्तो रहेनछ । हामीले नयाँ नाम सुन्ने खालका देशहरुसँग मात्रै यस्तो सम्झौता गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको पारिश्रमिकको एउटा न्युनतम मापदण्ड नभएको र हामीले आवश्यक फलोअप नगरेका कारणले जतिपनि कामदारहरुले दुःख पाइरहेको अवस्था छ । अन्य विकसित मुलुकहरुले आवश्यक मापदण्ड बनाएर पठाउने र कार्यान्वयन नभएको अवस्थामा फिर्ता बोलाउने अभ्यास छ । ’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौता अनुसार काम नहुनु रहेको बताउनु भयो । उहाँले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिएपनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हावी भएको बताउनु भयो । सम्झौताअनुसार राहदानी नछाप्ने कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उहाँको जोड छ । उहाँले सरकारले एकैपटक धेरै पासपोर्ट छाप्न लागेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै मुलुकमा सामाजिक अपराधका घट्नाहरु बढ्न थालेको बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन हुँदा समाजमा वृद्धवृद्धाको स्याहार गर्न तथा जन्ती र मलामी जाने समेत मान्छे नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजदानी कमजोर भएको जुन कुरा आयो त्यसमा सम्झौता अनुसार काम गरेन भने सजाय कडा हुनुपर्यो । गुणस्तर नभएको पासपोर्ट दिएपनि म सेटिङ मिलाएर मुक्त हुन्छु भन्ने मानसिकता भयो भने मान्छे डराउँदैन । त्यसकारण जे कन्ट्र्याक्ट भएको हो त्यही अनुसार नदिनेलाई त सजाय हुनुप¥यो नि । चोरले नदेख्नेगरी चोर्छ । डाँकाले त बताएरै ठगेर जान्छ । त्यसकारण कसैलाई डाँका हाल्न दिनु भएन । यसमा हामीले शंका गर्नै पर्दैन । अर्को कुरा हामीले यतिधेरै पासपोर्ट छाप्ने कुरा आएको छ । त्यसमा जम्मै नेपालीहरुलाई विदेश पठाएउँदा नेपाली सामाजभित्रै विकृति बढ्यो, वृद्ध मान्छेलाई पानी खुवाउने मान्छे भएन, मलामी भएन । हाम्रो झन्डै पाँच सय कलेजहरु सुक्न लाग्यो भनेपछि हाम्रो काम चाहीँ मान्छे विदेश पठाउने अनि देश लथालिंग पार्ने ? यो चाहीँ ठिक भएन । खेतिपातीको विकास नहुँदा विदेशबाट खर्बौं रुपैयाँका अन्नबाली आयात गर्नुपरेको छ । यो वर्ष आठ लाख टन धान नेपाललाई नपुग्ने भनेर आएको छ । हाम्रो जग्गाजमिन बाँझो छ ।’

नेकपा (एमाले)सा सांसद दामोदर पौडेल वैरागीले इजरायल–हमास युद्धमा बेपत्ता भएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि पहलकदमी गर्न माग गर्नुभयो । उहाँको पछिल्लो जोशीको रिहाईको लागि कुटनीतिक पहल हुन छोडकोप्रति परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक समय विपिन जोशीको रिहाईको लागि पहलकदमी निकै धेरै गरियो । तर अहिले सुस्ताएको जस्तो देखिएको छ । आज पनि रिहाईको लागि पहल भइरहेको जस्तो सूचना आयो । हामीले यसमा अलि बढी जोड दिनुपर्ने देखिन्छ । कति मान्छे बन्दी बनाइए ? कति मान्छे अपहरणमा परे ?भन्दापनि युद्धले निम्त्याउने कुरा र नेपाली भएकै कारणले हेपिने कुरालाई हामीले ध्यान दिनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौता अनुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले वाह्य एवं आन्तरिक ऋण परिचालनमा सरकार गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । उहाँले ऋण लिँदा परिणाममुखि परियोजना निर्माणका लागि मात्र लिनुपर्ने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘बिआरआईका सन्दर्भमा प्रधानमन्त्रीज्युले भ्रमणका क्रममा गरेका कुराहरुको आधारमा नेपालले थेग्न सक्ने के कस्तो ऋण लिने तयारी सरकारले गरेको छ । राज्यसत्तामा जोसुकैको सरकार भएपनि हामीले आन्तरिक वाह्य ऋण होस् त्यसको परिचालन गर्ने नेचर हेर्दाखेरि गम्भिर हुनुपर्छ । किनभने चालु आर्थिक वर्षको बजेट भाषण गर्दाखेरि नेपालको वाह्य आन्तरिक ऋणको कम्पोजिसन टोटल जिडिपी को ४२ प्रतिशत कन्सिक्युट गर्दछ । प्रतिशत कति भन्नेकुरा आफैँमा चुनौति होइन । तर त्यसलाई हामीले कसरि परिचालन ग¥यौं भन्नेकुरा मुख्य हो । उदाहरणका लागि संसारकै सबैभन्दा ग्लोवल सुप्रिम पावर अमेरिकाले सबै आस्पेक्टलाई म्यानेज गरेको छ । उसले आर्थिक र ग्लोबल ट्रेडलाई अनुकुल बनाएको छ । तर हामीले सामाजिक वृद्ध भत्ताम गएको देखिन्छ । हामीले परिणाम दिने परियोजनाहरुमा लगानी भएको कमै देख्छु ।’

उहाँले नेपालले लिएको ऋण सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा मात्र खर्च हुने प्रवृत्तिले ठूलो हानी पुर्याउने बताउनु भयो ।