१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

इस्पात सम्झौता सम्बन्धमा बाइडेनसँग जापानी प्रधानमन्त्रीद्वारा ‘कडा’ चिन्ता व्यक्त

इस्पात सम्झौता सम्बन्धमा बाइडेनसँग जापानी प्रधानमन्त्रीद्वारा ‘कडा’ चिन्ता व्यक्त
अ अ+ अ-

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग निप्पोन स्टिलले अमेरिकी स्टिल कम्पनीलाई खरिद् गर्ने सहमति अनुसार काम अघि बढ्न नदिनुले दुवै देशमा ’कडा’ चिन्ता उत्पन्न भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइडेनले निप्पोन स्टिलले यसै महिनाको सुरुमा यूएस स्टीलको १४.९ अर्ब अमेरिकी डलरमा खरिद गरेको निर्णयलाई अस्वीकार गर्नुभएको थियो ।

“मैले जापानमा मात्र होइन, अमेरिकी व्यापारिक समुदायमा पनि चिन्ताको सशक्त आवाज उठिरहेको बताएको छु र राष्ट्रपति बाइडेनलाई ती भावना हटाउन आग्रह गरेको छु,” इशिबाले सोमबार पत्रकारसँगको कुराकानीपछि सञ्चारकर्मीसँग भन्नुभयो ।

जापानी कम्पनीलाई अधिग्रहण गर्न रोक्नु अत्यन्त असामान्य छ र दुवै कम्पनीले आफ्नो कार्यकालको अन्तिमतिर रहनुभएका अमेरिकी राष्ट्रपतिलाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन् ।

निप्पोन स्टिलले यस अधिग्रहणलाई सङ्घर्षरत आफ्नो अमेरिकी प्रतिद्वन्द्वी कम्पनीका लागि नयाँजीवनको रूपमा व्याख्या गरेको थियो । तर आलोचकहरूले जापानी समूहले यसको आश्वासनको बावजुद विपरीत जाने र रोजगारी कटौती गर्ने चेतावनी दिएका छन् ।

सन् २०२३ मा घोषणा गरिएको यो अधिग्रहण गत वर्षको अमेरिकी राष्ट्रपति चुनावको दौडानमा चर्चामा आएको थियो र यो राजनीतिक ‘फ्ल्यासप्वाइन्ट’ साबित भएको थियो।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा महत्वपूर्ण र प्रतिस्पर्धात्मक मानिएको पेन्सिलभेनिया ९स्विङ राज्य० मा यूएस स्टील रहेको छ । निर्वाचनका समय रिपब्लिकन नेता डोनाल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी कमला ह्यारिस दुवैले कम्पनी लेनदेनको विरोध गरेका थिए ।

सन् २०२३ मा जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब ८०० अर्ब अमेरिकी डलर लगानी गरेका थिए, जुन अन्य कुनै पनि देशको तुलनामा बढी हो । यो अमेरिकामा भएको विदेशी लगानीको १४।३ प्रतिशत हो ।

अमेरिकी कम्पनीहरू पनि जापानमा सबैभन्दा ठूलो बाह्य लगानीकर्ता हुन् ।

दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनले आफ्नो उपस्थिति देखाउँदै त्यसको प्रतिकार गर्न चाहेको वासिङ्टनका लागि जापान पनि रणनीतिक साझेदार हो ।

दुवै स्टिल कम्पनीले आइतबार अमेरिकी अधिकारीहरूले अधिग्रहणको लागि जुन १८ सम्मको समयसीमा बढाएको बताएका छन्।

जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको शपथग्रहण समारोहमा सहभागी हुने जापानका विदेशमन्त्री ताकेशी इवायाले द्विपक्षीय सम्बन्धको ‘व्यापक तस्वीर’लाई कमजोर नपार्नु महत्वपूर्ण भएको बताउनुभयो ।

इवायाले वासिङ्टनमा रहँदा ट्रम्पका विदेशमन्त्री मार्को रुबियोसँग वार्ता गर्ने र इशिबा र ट्रम्पबीच भेटवार्ताका लागि आधार तयार गर्ने बताउनुभएको थियो ।

क्योदो न्यूजले सरकारी स्रोतलाई उद्धृत गर्दै फेब्रुअरीको मध्यसम्ममा यो घटना हुन सक्ने जनाएको छ ।

ट्रम्पको पहिलो कार्यकालमा उहाँ र जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेबीच न्यानो सम्बन्ध थियो । गत डिसेम्बरमा ट्रम्पले आबेकी विधवा पत्नीसँग मार–ए–लागोमा भेट गर्नुभएको थियो । यसले ट्रम्पले आबेसँगको न्यानो सम्बन्धलाई निरन्तरता दिने सङ्केतका रूपमा हेरिएको छ ।