२९ पुष २०८१, सोमबार
,
Latest
अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न माग सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध आज पनि सकिएन रविको थुनछेक बहस पहिलो अभ्यास खेलमा महिला यू-१९ टिम वेस्ट इन्डिजसँग पराजित चुडामणि शर्माको मुद्दा हेर्न नमिल्ने भन्दै पेशी सर्यो कुवेर कडायत र रविन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भारतीय प्रधानमन्त्री मोदीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल राष्ट्रपतिबाट निर्माणाधीन संघीय संसद भवनको अवलोकन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको तर्कः रविलाई थुनामै पठाइयोस्



अ+ अ-

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी रहेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेकमा ५ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यस मुद्दामा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरिसकेका छन् ।

उनीहरूले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क छ । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको भनाई छ ।

स्वर्णलक्ष्मी सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ गोरखा मिडियामा गएको देखिएको भन्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर ४९ करोड खर्च गरेको देखिएको जिकिर गरे । अन्य न्यायाधीशहरुले पनि लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने बताए ।

जाहेरवालको तर्फबाट अझै ६ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको छ । रविको तर्फबाट पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले बहस गर्न लागेका छन् ।

दुवै पक्षको बहस सकिए पछि न्यायाधीशले रविलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने निर्णय लिनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।