१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

त्रिभुवन विश्वविद्यालयको २४ क्याम्पसमा प्रमुख नियुक्त

त्रिभुवन विश्वविद्यालयको २४ क्याम्पसमा प्रमुख नियुक्त
त्रिभुवन विश्वविद्यालय
अ अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ ।

त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको प्रवक्ता यमन सिंह बोहराले बताए ।

शंकरदेव क्याम्पस प्रमुख सहप्राध्यापक कपिल खनाल नियुक्त भएका छन् भने रत्नराज्य लक्ष्मी क्याम्पसमा सहप्रा पदमकुमार अधिकारी नियुक्त भएका छन् ।

नेपाल कमर्श क्याम्पसमा सहप्रा जितेन्द्रप्रसाद उपाध्याय, भैरहवा क्याम्पस लक्कीप्रसाद जोशी, ललितकला क्याम्पस उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पस उपप्रा माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस सहप्रा लालमणि आचार्य नियुक्त भएका छन् ।

त्यस्तै, सुर्खेत बहुमुखी क्याम्पस सहप्रा माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस उपप्रा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पस सहप्रा रघुवीर विष्ट, बुटबल बहुमुखी क्याम्पस, उपप्रा अरुणकुमार क्षेत्री, रामस्वरुप रामसागर क्याम्पसप्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखी सहप्रा पर्वतकुमार नियुक्त भएका राई छन् ।

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक हरिप्रसाद पाठक, सूर्यनारायण सत्यनारायण क्याम्पस सहप्रा राजेश्वरप्रसाद यादव, डोटी बहुमुखी क्याम्पस सह दिलानन्द जोशी, त्रिभुवन बहुमुखी क्याम्पस उपप्रा टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पस उपप्रा प्रकाशचन्द्र खत्री नियुक्त भएका छन् ।

वनविज्ञान अध्ययन संस्थान पोखरा सहप्रा नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ उपप्राध्यापक रामकुमार श्रेष्ठ, पक्लिहवा क्याम्पस सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पस सहप्राध्यापक देवीप्रसाद आचार्य, केन्द्रीय प्रविधि क्याम्पस धरान प्राध्यापक बसन्तकुमार राई र धौलागिरि बहुमुखी क्याम्पसमा सहप्रा सुदर्शन सिलवाल नियुक्त भएका छन् ।