११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू

पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
zfnLgbL d]nfdf eQmhg sf7df8f}F, !( df3 . kf}if z'Sn k"l0f{dfsf] lbgb]lv df3 z'Sn k"l0f{df;Dd rNg] zfnLgbL d]nf -dfwjgf/fo0f_ d]nf eQmhgx?sf] le8 . tl:a/ M xl//fd e]6'jfn÷/f;;
अ अ+ अ-

शालिनदी । मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि सुरू भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरूष र सात जना पूजारी गरी दुई सयभन्दा बढी व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरापलिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । व्रतालुको यकिन आज अपराह्नसम्म हुने जनाइएको छ ।

“चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,” उहाँले भन्नुभयो । व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।

माधवनारायण व्रतका नियम

व्रतालुले एक महिनासम्म नून, माछा, मासु, मरमसला, पशुपन्क्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी महिला, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । व्रतालुले दूध र पानी बाहेक अन्य पेयपदार्थ सेवन गर्नुहुँदैन ।

व्रतालुको भोजन

दूध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्नुहुने नियम रहेको माधवनारायण व्रतका विषयमा खोज गरिरहनुभएका इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताउनुभयो । “भीमा एकादशीका दिन व्रतालुले दुई पटक व्रत बस्नुपर्छ, व्रतपछि सुन्तला, उखु, तरूल, पिँडालु, दूधलगायत फलाहार मात्र भोजन गर्ने नियम छ, भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा व्रतमा भोजन गर्न वर्जित गरिएका चीज आएमा भोजन छोड्नुपर्छ, यस्तो अवस्थाका लागि पहिल्यै चिउरा, चाकु, घ्यू आदि नजिकै राखेर अर्कै थालमा बसेको स्थानबाट नउठी खान सकिन्छ,” उहाँले भन्नुभयो ।

व्रतालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन । उठेमासँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिलेसमेत भोजन छोड्नुपर्छ । उठेपछि फेरि भोजन गर्नुहुँदैन ।

व्रतालुले गर्न नहुने

व्रतालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान गर्नहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन । व्रतालुले उपरखुट्टी लगाएर, मेचमा र खाटमा बस्न पनि हुँदैन । नाङ्गो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।

परदेश यात्रा

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गर्छन् । पहिलो दिन शालिनदीबाट– बज्रयोगिनी ढोकासम्म साष्टाङ् दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङ्बाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत रहेको छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ । परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजनविधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो ।

माघ शुक्ल चतुर्दशीका दिन देव निमन्त्रणा गरी पूर्णीमामा अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । अश्वमेध यज्ञ गरेको भोलिपल्ट व्रतालुले माघ गाउने (मिगा पूजा)गर्छन् । शिवरात्रिका दिन माधवनारायणका व्रतालुले जाग्राम बस्नुपर्ने व्रत विधान छ । महिला व्रतालुले पहिरन र टीका पनि रातो लगाउनुपर्छ । पुरूष व्रतालुले भने रातो टीका वस्त्र लगाउन नहुने विधि छ । नित्य पूजा अघि पुरूषले चन्दनको टीका लगाउनुपर्छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहमा पार्वतीले यो व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको शिव, स्कन्दलगायत पुराणमा वर्णन गरिएको छ । पार्वतीको आज्ञाअनुसार तीनै लोकमा स्वस्थानीको व्रत सुरू भएको विश्वास गरिन्छ । स्वस्थानीको व्रतविधि बताउन स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वत्थामालाई पार्वतीले पठाउनुभएको कथा छ ।

साँखुमा व्रत बसेका मनोकांक्षा पूरा गर्न, परिवारको सुख एवं खुसीका लागि कठिन नियम पालना गरेर बसेको बताउँछन् । भक्तपुरबाट माधवनारायण मेला भर्न साँखु पुग्नुभएकी पार्वती खरेल मनोकामना पूरा होस् भनी आफू यहाँ आएको बताउनुहुन्छ । उहाँसँग साथीहरू पनि हुनुहुन्छ ।

व्रत गर्नेको कामना सिद्ध भएकाले आफूहरू पनि नियम पालना गरी आएको उहाँले सुनाउनुभयो । भगवान् विष्णुको स्वरूप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुकल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्दै आएको छ ।