३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनू सुदको ‘फतेह’ले दोस्रो दिन ‘पुष्पा २’ बराबर कमायो



अ+ अ-

एजेन्सी । सोनू सुदको एक्शन प्याक फिल्म ‘फतेह’ सिनेमाघरमा आएको छ । फिल्मले बक्स अफिसमा रामचरणको राजनीतिक नाटक ‘गेम चेन्जर’सँग भिड्दैछ । यतिमात्र नभएर डिसेम्बरमा रिलिज भएको ‘पुष्पा २’सँग पनि प्रतिष्पर्धा गर्दै छ ।

सोनू सुदको फिल्मले बक्स अफिसमा सुस्त ओपनिङ गरेको थियो । विकेन्डबाट निर्माताले धेरै अपेक्षा गरेका थिए तर दोस्रो दिन ‘फतेह’को कलेक्शन झनै घट्यो र ‘पुष्पा २’को बराबरीमा रह्यो ।

स्याकनिल्कको रिपोर्ट अनुसार जनवरी १० मा रिलिज भएको ुफतेहु ले पहिलो दिन २.४ करोड कमाएको थियो भने दोस्रो दिन २ करोड मात्रै कमायो । यो फिल्मले दुई दिनमा कुल ४.४ करोडको व्यापार गरेको छ ।

अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ ले भएको ३८ दिनमा करोडौँ कमाईरहेको छ । शनिबार ‘पुष्पा २’ ले भारतीय बक्स अफिसमा ‘फतेह’ बराबरको कमाई गरेको छ । ‘फतेह’ र ‘पुष्पा २’ ले बराबर २ करोड कमाएको छ ।

सोनू सुद अभिनित फिल्म ‘फतेह’ को निर्देशन सुद आफैले गरेका हुन् । चलचित्रलाई शक्तिसागर प्रोडक्सन र जी स्टुडियोले निर्माण गरेका हुन् । सोनु सूद र ज्याकलिन फर्नान्डिस ‘फतेह’ मा मुख्य भूमिकामा देखिएका छन् । यससँगै विजय राज र नसिरुद्दीन शाहले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।




भर्खरै