२८ पुष २०८१, आईतवार
,
Latest
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता एलिट कपः मधेशलाई ८ विकेटले हराउदै आर्मी फाइनलमा एलिट कप: मधेशले आर्मीलाई दियो २८ रनको लक्ष्य राष्ट्रपति बाइडेनद्वारा पोप फ्रान्सिसलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम विथ डिस्टिङ्क्शन’ प्रदान बालेनको प्रश्न -अधिकार बिहिन प्रदेश सरकार किन चाहियो ? दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुन्छः सभामुख घिमिरे कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते महोत्तरीमा धान उत्पादन बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुने



अ+ अ-

काठमाडौं । सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतम उपस्थित हुने भएका छन् । कास्कीबाट रिहा भएसँगै लामिछाने काठमाडौं जिल्ला अदालतमा हाजिर हुन लागेका हुन् ।

लामिछानेविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यही मुद्दाका लागि उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन ।

चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।