९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीको राजीनामा माग्दै उर्लिए पर्यटन मजदुरहरु, पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको आरोप



अ+ अ-

काठमाडौं । आइतबार पर्यटन मजदुरहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले  ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, र  ‘बल्याक डे अफ टुरिजम वर्करस’, जस्ता विभिन्न नारा लेखिएका पप्पलेट सअितको प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत माग गरेका थिए । पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का पर्यटनमन्त्रीले नबुझेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।