४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीको राजीनामा माग्दै उर्लिए पर्यटन मजदुरहरु, पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको आरोप



अ+ अ-

काठमाडौं । आइतबार पर्यटन मजदुरहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले  ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, र  ‘बल्याक डे अफ टुरिजम वर्करस’, जस्ता विभिन्न नारा लेखिएका पप्पलेट सअितको प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत माग गरेका थिए । पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का पर्यटनमन्त्रीले नबुझेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।