२५ श्रावण २०८३, सोमबार
,
Latest
जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव लागुऔषधसहित पाँच जना पक्राउ पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिर बसेर मुद्दा लड्न पाउँ, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छुः रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा न्यायाधीशले प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिएपश्चात रबिले आफ्नो भनाइ राखेका थिए ।

सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै उनले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए । ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’. उनले भने,’अदालतमा हाजिर हुन आउँदा प्रत्येक पटक सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु।’

गोर्खा मिडियामा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारी रहेको भन्दै उनले संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको बताए ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।