११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन



अ+ अ-

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधवार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने काम छिटो टुंग्याउन वन तथा वातावरण मन्त्रालयललाई निर्देशन दिनुभयो । समितिले राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरु सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्रभावकारी रुपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने ।
वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने काम छिटो टुंग्याउन वन तथा वातावरण मन्त्रालयललाई निर्देशन दिने ।
राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरु सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्रभावकारी रुपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने ।’

समितिमा मंगलवार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल भएको हो ।