२५ पुष २०८१, बिहीबार
,
Latest
छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आह्वान पृथ्वी जयन्ती मनाउन नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः दुईजना धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार मंगलबार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा धरौटीमा रिहा भएका हुन् ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश गरेका थिए । नेवा चार लाख र लामा तीन लाख धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

स्वर्णलक्ष्मीको ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा ३९ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।