२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिबाट एक वर्षसम्म पनि एउटा विधेयक पारित गर्न नसक्नुले सांसदमाथि नै प्रश्न उठ्छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय भएको बताउनुभएको छ ।

मंगलवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाइसक्दा पनि आठ महिनासम्म पनि विधेयक पारित नहुनु दुःखको विषय भएको बताउनुभएको हो ।

उहाँले समितिबाट विधेयक पारित हुन नसक्नुले सांसदहरुका काममाथि प्रश्न उठ्ने बताउनु भयो । उहाँले एउटा कानून बनाउन एक वर्षको समय लाग्ने कुराबाट देश विकास हुन नसक्ने बताउनु भयो । समितिले विचाराधिन विधेयकलाई छिटो भन्दा छिटो पारित गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । अहिलेका विद्यमान कानूनका जटिलताहरुबाट सरकार आजित रहेको बताउनु भयो । समितिलाई पर्याप्त बिजनेस दिन मन्त्रालय तयार रहेको बताउनु भयो । मन्त्री भण्डारीले समितिलाई आग्रह गर्ने अधिकार सरकारको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाइसक्दा पनि आठ महिना लाग्छ भने हामीले के ग¥यौँ भन्नेकुराको पनि खोजि गर्ने हो की? मान्य सभापति लगायत मान्य सदस्यज्युहरुसँग आग्रह गर्न चाहन्छु । आज आठ आठ महिनासम्म निस्कर्षमा नपुग्ने, मै पनि यसको धेरै यो विधेयकको छलफलको प्रक्रियामा सामेल भएको छु । मान्यज्युहरुका मतहरु पनि छन् । समिति भन्दा बाहेकका मान्यज्युहरुसँग पनि संशोधन प्रश्तावमा पनि हामीले संसदमा भाग लियौँ । धेरै चरणमा हामीले छलफल गरेका छौँ । धेरै चरणमा सरकारले यसको थालनी गर्दादेखि अहिलेसम्म आइपुग्दा कानूनमा जान्छ, कानूनले धेरै कुराको नबाजिने गरेरै ल्याउँछ । एउटा कानून बनाउन एक वर्ष हामी लगाउँछौँ भने के गर्छौं ? अब यसलाई हामी कुन रुपबाट टुंग्याऔँ ।’
मन्त्रीले आफ्नो धारणा राख्दै गर्दा समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आपत्ति जनाउनु भयो । मन्त्री भण्डारीको भनाइप्रति आपत्ति जनाउँदै पराजुलीले समितिले सरकारलाई निर्देशन दिनसक्ने भन्दै मन्त्रीले समितिमाथिको काम कारबाहीमा औंला उठाउन नपाउने बताउनु भयो । समितिमा काम, कारबाही कसरी अघि बढेको छ भन्नेबारेमा जानकारी गराउने जिम्मेवारी सभापतिको भएको बताउनु भयो । मन्त्रीले समितिले दिएको निर्देशनको कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । समितिमा विधेयकहरु पठाउन नसक्नु मन्त्रालयको कमजोरी भएको बताउनु भयो ।

समितिको बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सरकारबाट आएका आग्रहलाई समितिले स्वीकार गर्ने बताउनु भयो । उहाँले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उपसमितिले दिएका २० वटा सुझावहरु दिएको उल्लेख गर्दै २० वटै बुँदाको विषयमा मन्त्रालयको धारणा माग गर्नुभयो । उहाँले लामो समयपछि पनि अहिलेसम्म विधेयक पास गर्न नसकेको अवस्थालाई समितिले पनि बुझेको उल्लेख गर्नुभयो ।

सभापति खानले कानून बनाउँदा, दिगो, विश्वसनियतापूर्ण ढंगले बनाउनुपर्ने भएकाले समय लागेको बताउनु भयो । एउटा कानून पास नहुँदा अर्को कानून ल्याउन नसकिने भन्ने नरहेको बताउनु भयो ।