१५ श्रावण २०८३, शुक्रबार
,
Latest
वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीद्वारा कार्यदल गठन



अ+ अ-

काठमाडौँ । जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहनुभएको छ ।

मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको सो पार्टीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । पार्टीको केन्द्रिय सचिवालय समितिको निर्णयानुसार मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि कार्यदलको जिम्मेवारी तोकिएको हो । पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठिरहेको सन्दर्भमा मधेश केन्द्रित दलहरुको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका लागि कार्यदल गठन गरिएको सो पार्टीले जनाएको छ ।

यसअघि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरुसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो ।