एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।
रिलिज भएको ३० दिन कटिसक्दा पनि फिल्मले राम्रो व्यपार गरिरहेको छ । ‘पुष्पा २’ ले ३२ दिनमा १३५२ करोड भारू कमाएको भारतीय सञ्चारमाध्यम पिंकभिलाले उल्लेख गरेको छ ।
यससँगै, ‘पुष्पा २’ भारतमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसले ‘बाहुबली २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो । ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारू कमाएको थियो ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।
भारतमा धेरै कमाउने फिल्मकोसूची यस्तो छ:
१० पुष्पा २- १३५२ करोड भारू (३२ दिन)
२० बाहुबली २- १३४७ करोड भारू
३० केजिएफ च्याप्टर २-९८७ करोड भारू
४० जवान- ७५४ करोड भारू